सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० मंसिर १९ गते मंगलवारको राशिफल

२०८० मंसिर १९ गते मंगलवार, ५ डिसेम्बर २०२३ । मार्ग कृष्ण अष्टमी तिथि । पूर्वफाल्गुनी नक्षत्र । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अध्ययनमा राम्रो उपलब्धि हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । रोकिएका काम बन्नाले केही नयाँ कामतर्फ अग्रसर भइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । तर प्रतिस्पर्धीहरूले दुःख दिनेछन्, सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा काम गर्ने बानीले समस्या पर्ला । अरूका लागि उपयोग भइनेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले काम बन्नेछ । सानो प्रयत्नले काम बन्नेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ । परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

भैपरी आउने समस्याले फजुल खर्च बढाउन सक्छ । अर्थ अभावको स्थिति रहनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ । व्यवहारमा आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । केही अवसर प्राप्त भए पनि लगानी सदुपयोग गर्न नसकिएला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समय केही असहज बन्नाले सामान्य कामलाई पनि धेरै मिहिनेत गर्नुपर्ला । साइनो गाँस्नेहरूले अरूका काममा फसाउन सक्छन् । मिहिनेतअनुसार लाभांश कम मात्र प्राप्त हुनेछ । इष्टमित्र र शुभचिन्तकहरूसँग सुमधुर सम्बन्ध बनाइराख्नुहोला । काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ । ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । परिवारमा पनि असमझदारी देखापर्ने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिबन्धले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आयस्रोत केही कमजोर देखिए पनि फजुल खर्च बचाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । वादविवादबाट अलि सतर्क रहनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर प्राप्त भए पनि फजुल खर्चले समस्या निम्त्याउन सक्छ । फसेको रकम तत्काल नउठ्न सक्छ । मिहिनेत गर्दागर्दै पनि काममा पछि परिनेछ । ईर्ष्या गर्नेहरूले पनि सताउनेछन् । तापनि प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । केही खर्च लागे पनि रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार ०६:४५

लोकप्रिय