सूचनाको शक्ति - The Power Of Information

        

‘यौन सम्बन्ध हप्तामा दुई पटक गर्नु राम्रो’

शारीरिक सम्बन्ध प्राणीको जैविक आवश्यक्ता हो । तर यो तथ्य थाहा पाएर पनि हामी यौनका बारेमा कुरा गर्न लजाउँछौ । शारीरिक सम्बन्ध आनन्दको स्रोत मात्र होइन ।

यौन सम्बन्ध स्वास्थ्यका लागि पनि आवश्यक छ । जब हामीमा यौन प्रतिको चाहाना र चासो बढ्छ, त्यसलाई कुनै पनि रुपमा पोख्नुपर्छ । यौनलाई गुम्साएर राख्दा त्यसले मनमा विकार पैदा गर्छ ।

हामीमा कुष्ठा पैदा हुन्छ । त्यही कारण यौनइच्छा दबाएर राख्नु हुँदैन भनिन्छ । अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकासित एक अध्ययन अनुसार जो पुरुष हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क राख्छन् उनीहरुमा हृदयघातको खतरा ४५ प्रतिशत कम हुन्छ ।

अध्ययनमा के पनि उल्लेख छ भने, स्वस्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन ।

  • स्वस्थ्य जीवनका लागि नियमित रुपमा यौन सम्बन्ध पनि आवश्यक हुन्छ । विवाहित दम्पतीले हप्तामा दुई पटकसम्म यौन सम्बन्ध बनाउनु राम्रो मानिन्छ ।
  • यौन सम्बन्धले दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । उनीहरुबीचको द्वेष, आशंका पनि हटाइदिन्छ ।
  • यौन सम्पर्कको क्रममा शरीरको रक्तप्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वस्थ्य राख्नदेखि छालामा चमक ल्याउन समेत मद्धत गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १९:५८