सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ फिल्म ‘चिट्ठी’को पहिलो गीत ‘टुटेको तारा’

माधवराज खरेलको लेखन र निर्देशन रहेको फिल्म चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । शिव परियारको स्वर, डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाको संगीत छ ।

कमेडी जनरामा निर्माण भएको फिल्ममा खड्गबहादुर पुन मगर “खबपु”, गोपाल ढकाल “छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रविण भुषाल, श्रीदेव भट्टराई लगायतको अभिनय छ ।

जीवन पराजुली र राजन खरेलको छायाँकन रहेको  फिल्ममा निर्देशक खरेल र अच्यूत बजगाईको छायांकन छ । फिल्मका सहायक निर्माता अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य हुन् ।

काठमाडौँ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको फिल्मको प्रदर्शन मिति जुर्न बाँकी छ । एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १६:४४

लोकप्रिय