बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ ।
शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विद्यालयमा स्थायी दरबन्दीबाहेकका माध्यमिक विद्यालयका शिक्षक भए पनि स्थायी दरबन्दीका आधारमा आधारभूत तहका शिक्षकलाई प्रअको जिम्मेवारी दिँदा समस्या देखिएपछि तहगत शिक्षकलाई विद्यालयको नेतृत्व दिइएको जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाले कार्यविधि निर्माण गरेर चालु आर्थिक वर्षदेखि खजुराले प्रअ मिलान गरेको हो ।
शिक्षा शाखा प्रमुख मल्लले भन्नुभयो, “तहगत प्रअ नियुक्ति भएपछि विद्यालयमा शैक्षिक र प्रशासनिक सुधारको अनुभूति देखिन थालेका छन् ।”
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके