२०८३ असोज ७ , बुधबार 23, September 2026, Wednesday

खजुरामा शैक्षिक सुधार गर्न तहगत प्रधानाध्यापक

बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ ।

शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विद्यालयमा स्थायी दरबन्दीबाहेकका माध्यमिक विद्यालयका शिक्षक भए पनि स्थायी दरबन्दीका आधारमा आधारभूत तहका शिक्षकलाई प्रअको जिम्मेवारी दिँदा समस्या देखिएपछि तहगत शिक्षकलाई विद्यालयको नेतृत्व दिइएको जानकारी दिनुभयो ।

गाउँ कार्यपालिकाले कार्यविधि निर्माण गरेर चालु आर्थिक वर्षदेखि खजुराले प्रअ मिलान गरेको हो ।

शिक्षा शाखा प्रमुख मल्लले भन्नुभयो, “तहगत प्रअ नियुक्ति भएपछि विद्यालयमा शैक्षिक र प्रशासनिक सुधारको अनुभूति देखिन थालेका छन् ।”

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार