२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

हिमपातका कारण सिमकोटको जनजीवन प्रभावित

यस वर्ष हुम्लाकाे सदरमुकाम सिमकोटमा पहिलो हिमपात सुरु भएको छ।

रातभर मौसम सफा रहेको भए पनि साेमबार बिहानैबाट मौसम बिग्रिँदा हिमपात भइरहेको हो। व्यापार सरोज रावतले बिहान उठ्ने बित्तिक्कै हिममात भइरहेको बताए।

एक इन्च हिउँ जमिनमा जमेको छ। चिसो एक्कासि बढेको छ। तापक्रम माइनस तीन डिग्री सेल्सियसमा झरेको छ।

मानिसहरू बाक्ला र ऊनीका कपडा लगाएर हिँडडुल गरिरहेका छन्। चिसोको कारण आज पशुवस्तु गोठबाट बाहिर निकालिने छैनन्।

हिमपातसँगै बाक्लो कुहिरो लागेको कारण एक ठाउँबाट अर्को स्थान देखिन छाडेको छ। हवाई सेवा समेत अवरुद्ध भएको छ।

गहुँ, जौं, उवा छर्ने समय भएको कारण किसानहरू भने खुसी छन्। सदरमुकाम सिमकोटसम्म परेको यो हिमपात पहिलो हो। यसअघि हिल्सा लिमी क्षेत्रमा भने पटक-पटक हिउँ परिसकेको छ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार