२०८३ भदौ २७ , शनिबार 12, September 2026, Saturday

नेपाल एयरलाइन्सको जहाज रारामै ग्राउन्डेड

नेपालगन्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर जहाज ग्राउन्डेड भएको छ । तीन जना यात्रु र जहाज चालकसहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो ।

उक्त विमान १३ जना यात्रु लिएर नेपालगन्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो ।जहाजमा समस्या आएपछि तत्कालै नेपालगन्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएको थियो ।

नेपालगन्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज आज सोमबार नेपालगन्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इन्चार्ज नेत्र भामले जानकारी दिए । जहाज ग्राउन्डेड भएपछि नेपालगन्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू हिजो ताल्चाका होटेलहरूमा बास बसेका छन् ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार