सूचनाको शक्ति - The Power Of Information

        

भारतको विधानसभा चुनावमा भाजपाको बहुमत

भारतको चार राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन राज्यमा बहुमत पाएको छ ।

भाजपाले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरु मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा बहुमत प्राप्त गरेको छ । राजस्थान र छत्तीसगढ यसअघि कंग्रेस आईको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको चुनावमा भाजपा हाबी भएको छ ।

मिजोरम बाहेकका चारवटा प्रदेशको मतगणना हिजो एकैसाथ भएको हो । मिजोरममा भने आज मतगणना हुनेछ । तेलंगानामा भने कांग्रेसले जित हासिल गरेको हो ।

यसअघि दक्षिणी राज्य कर्नाटकमा जित हात पारेको कांग्रेसले त्यही क्षेत्रको तेलंगानामा भने सफलता पाएको छ । त्यहाँ क्षेत्रीय पार्टी बीआरएसको सरकार थियो ।

विधानसभा निर्वाचनको पछिल्लो परिणामले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको प्रभाव झनै विस्तार भएको देखाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ०७:५२

लोकप्रिय