सूचनाको शक्ति - The Power Of Information

        

नेपाल सुपर लिग : आज काठमाडौँ र झापा भिड्ने

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौँ रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । जारी लिगमा काठमाडौँले आज तेस्रो खेल खेल्दैछ भने झापाले दोस्रो खेल खेल्न लागेको हो ।

काठमाडौँ यसअघिका दुई खेलमा अपराजित रहेको थियो । उसले पहिलो खेलमा इलामलाई हराएको थियो भने चितवनसँग बराबरी खेलेको थियो ।

यस्तै, झापा आफ्नो पहिलो खेलमा इलामसँग पराजित भएको थियो ।

जारी लिगमा २ खेल खेलेको काठमाडौँको ४ अंक छ । एक खेल खेलेको झापा अंकविहीन रहेको छ ।

यस्तै, शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ भने ललितपुर ५ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ०७:४९

लोकप्रिय