बाँकेको बैजनाथ गाउँपालिका –७ पेडारीका रामकृष्ण थारुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । शारीरिक रुपमा अपाङ्ग भएका रामकृष्णको परिवारलाई सञ्चारकर्मीको पहलमा खाद्यान्न लत्ताकपडा र बालबालिकाको पढाइका लागि आवश्यक नगद सहयोग हस्तान्तरण गरिएको हो ।
रामकृष्ण र उहाँकी पत्नी लालमोहनी दुबैजना अपाङ्ग भएपछि घरखर्च चलाउन कठिन छ । तीनजना सन्तानको पढाइका लागि रकम अभाव छ । रामकृष्णको दुई छोरी, एक छोरा र आमासहित ६ जनाको परिवार छ ।
पति, पत्नी नै हिडँडुल गर्न नसक्ने भएपछि साँझ–विहान खाने समस्या भएकोमा आर्थिक सहयोग प्राप्त भएपछि रामकृष्णको परिवारमा केही दिनका लागि खुशीयाली आएको छ । उहाँले भन्नुभयो, ‘छोराछोरी पढाउन र खानका लागि कसरी जुटाउने चिन्ता भएको अवस्थामा प्राप्त भएको सहयोगले मेरो परिवारलाई केही महिनाका लागि राहत मिलेको छ ।’
सञ्चारकर्मीको पहलमा रामकृष्णको परिवारलाई खजुरा गाउँपालिका –४ स्थायी घर भई हाल अमेरिकामा रहनुभएका लिलबहादुर थापाको आर्थिक सहयोगमा करिब ४० हजार रुपियाँ बराबरको लत्ताकपडा, खाद्यान्न, ह्विलचेयर लगायतका सामग्री सहयोग उपलब्ध गराइएको हो ।
रामकृष्णको परिवारमा ७४ बर्षीय बृद्धा आमाले छोराबुहारी र नातिनातिनाको हेरचाह र संरक्षण गर्दै आउनुभएको छ । यसैगरी सञ्चारकर्मी विश्वास सुवेदीले बालबालिकाको पढाइका लागि १० हजार रुपियाँ सहयोग गर्नुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके