नेपाल परिवार नियोजन सङ्घ बाँकेको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय बाँकेले सन्तानको रहर पुगेका दम्पतीका लागि सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा २७ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
स्वास्थ्य कार्यालयले हालसम्म नरैनापुर र राप्तीसोनारीको एक–एक ठाउँमा गरेर दुई ठाउँमा आयोजना गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा आएर २७ जना महिला पुरुषले स्थायी बन्ध्याकरण गराएका हुन् । तीमध्ये नरैनापुरमा ११ र राप्तीसोनारीमा १६ जनाले स्थायी बन्ध्याकरण गराएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिनुभएको जानकारीअनुसार नरैनापुर गाउँपालिकाको गङ्गापुर स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा ८ जना महिला र ३ जना पुरुष गरेर ११ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
राप्तीसोनारी गाउँपालिकाको कमैया डाँडामा रहेको स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा १५ जना महिला र एक जना पुरुष गरेर १६ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
उहाँले स्थायी बन्ध्याकरण घुम्ती शिविरलाई निरन्तरता दिँदै मङ्सिर १८ गते राप्तीसोनारी अस्पतालमा शिविरको आयोजना गरिने बताउनुभयो । सोही प्रकारले बेतहनी स्वास्थ्य चौकीमा २० गते, नगर अस्पताल कोहलपुरमा २२ गते, नौवस्ता स्वास्थ्य चौकीमा २४ गते, सम्झनाचोक बजार व्यवस्थापन समिति भवनमा २६ गते, प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा २८ गते, बेलभार स्वास्थ्य चौकीमा ३० गते र नेपाल परिवार नियोजन सङ्घमा पुस २ गते शिविर आयोजना गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सो शिविरमा महिलाका लागि मिनिल्याव र पुरुषका लागि भ्यासेक्टोभी सेवा प्रवाह गरिएको पनि सो कार्यालयले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके