सूचनाको शक्ति - The Power Of Information

        

दूरसञ्चार सेवा प्रदायकहरुलाई सात दिनभित्र सम्पर्कमा आउन अनुरोध

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

आइतबार प्राधिकरणले जारी गरेको सूचना अनुसार दूरसञ्चार सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।

पटक पटक सूचना जारी गर्दापनि ३० सेवा प्रदायकहरू सम्पर्कमा नआएकाले अन्तिम पटqक सात दिनको म्याद राखेर सूचना जारी गरेको प्राधिकरणले जनाएको छ ।

उनीहरूले नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडीटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समय भित्र  बुझाउनु पर्नेमा सो भएको नदेखिएको प्राधिकरणले जारी सूचनामा भनिएको छ ।

उक्त अवधि भित्र  सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने  प्रक्रिया अगाडि बढाइने  प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतवार १०:४२

लोकप्रिय