आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।
लिग टूको यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यो संस्करणमा ८ देश सहभागी हुनेछन् । पहिलो संकरणमा ७ टिम मात्र थिए ।
सुपर लिगमा पुछार (१३औं स्थान) मा रहेको नेदरल्याण्ड्सलाई थपिएको छ । त्यही नेदरल्याण्ड्स पहिलो सिरिजमै नेपाल आउने छ । ‘लिगमा हरेक खेल महत्वपूर्ण हुन्छ । त्यसमाथि विश्वकप खेलेको नेदरल्याण्ड्स नै आउने भएपछि हामी सबै उत्साहित छौं,’ क्यानका सचिव पारस खड्काले भने ।
डिफेण्डिङ च्याम्पियन स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया र अमेरिका लिग टूमा कायमै रहेका टिम हुन् भने क्यानडा र यूएई क्वालिफायर प्ले अफबाट आएका हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ