सूचनाको शक्ति - The Power Of Information

        

आयल निगममा जागिर खुल्यो

नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । निगमले आठौँदेखि तहविहीनसम्म ३१ जनाका लागि दरखास्त माग गरेको हो ।

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने निगमद्धारा जारी सूचनामा उल्लेख छ । इच्छुक योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइन दरखास्त दिन सकिनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १०:१३

लोकप्रिय