भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले दक्षिण अफ्रिका भ्रमणका लागि तीन जनाकाे कप्तानीमा टाेलीकाे घाेषणा गरेकाे छ ।
आउँदाे डिसेम्बर १० देखि जनवरी ३ सम्म भारत र दक्षिण अफ्रिकाबीच तीन टी–२०, तीन एकदिवसीय र दुई टेस्टकाे शृङ्खला शुरु हुँदैछ ।
दक्षिण अफ्रिका भ्रमणममा भारतकाे टेस्ट टाेलीकाे कप्तानी राेहित शर्माले गर्नेछन् । यस्तै एकदिवसीय टाेलीकाे कप्तानी केएल राहुल र टी–२० टाेलीकाे कप्तानी सूर्यकुमार यादवले गर्नेछन् ।
विराट काेहली र राेहित शर्माले दक्षिण अफ्रिका भ्रमणमा एकदिवसीय र टी–२० शृङ्खलामा आराम मागेकाले टेस्ट टाेलीमा मात्र राखिएकाे बीसीसीआईले बताएकाे छ ।
टेस्टका लागि भारतीय टिम–
रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जायसवाल, विराट कोहली, श्रेयस अय्यर, ऋतुराज गायकवाड, ईशान किशन (विकेटकीपर), केएल राहुल, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद सिराज, मुकेश कुमार, मोहम्मद शामी, जसप्रीत बुमराह (उप-कप्तान), प्रसिद्ध कृष्णा ।
टी–२० का लागि भारतीय टिम–
यशस्वी जायसवाल, शुभमन गिल, ऋतुराज गायकवाड, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), रिङ्कू सिंह, श्रेयस अय्यर, ईशान किशन (विकेटकीपर), जितेश शर्मा (विकेटकीपर), रविन्द्र जडेजा (उप-कप्तान), वशिङ्गटन सुन्दर, रवि बिश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, मोहम्मद सिराज, मुकेश कुमार, दीपक चाहर ।
एकदिवसीयका लागि भारतीय टिम–
ऋतुराज गायकवाड, साइ सुदर्शन, तिलक वर्मा, रजत पाटीदार, रिंकू सिंह, श्रेयस अय्यर, के एल राहुल (कप्तान) (विकेटकीपर), संजू सैमसन (विकेट कीपर), अक्षर पटेल, वशिङ्गटन सुन्दर, कुलदीप यादव, युजवेन्द्र चहल, मुकेश कुमार, आवेश खान, अर्शदीप सिंह, दीपक चाहर ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ