कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने सरकारी निर्णयको बौद्ध भिक्षु र बुद्धिजीविहरुले स्वागत गरेका छन् ।
काठमाडौंको संघराम विहारको ४२ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा उनीहरुले कैदीहरुलाई विपश्यना ध्यान शिविर कार्यान्वयनमा समेत जोड दिएका थिए ।
भिक्षु तपस्सीधम्म महास्थविर, प्राध्यापक मदनरत्न मानन्धर र बुद्धिजीवि केशवमान चित्रकार लगायतले कैदीहरुलाई सुधार्न विपश्यना ध्यान उपयुक्त हुने र सरकारले यस्तो ध्यान शिविरलाई निरन्तरता दिन सक्नु पर्ने बताए । गृहमन्त्रालयले हिजो कारागारहरुमा विपश्यना ध्यान शिविर संचालन गर्ने निर्णय गरेको थियो ।
कार्यक्रमा काठमाडौं महानगर पालिकाका प्रवक्ता नविन मानन्धरले बौद्ध समुदायले शिक्षा, स्वास्थ्य निशुल्क गरि रोजगारीको सृजना गरेर जेष्ठ नागरिकको सेवा गर्ने योजनाहरु गर्न सकिने बताउनुभयो ।
सो अवसरमा छैठौ संघनायक अश्वघोष महास्थविरले स्थापना गर्नुे भएको विहारमा योगदान गर्नु भएका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ