बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ।
अधिकांश पालिकाका कार्यालयमा अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपाङ्गता भएकाको दुखेसो छ।
कोहलपुर नगरपालिकाको कार्यालय भवन अपाङ्गमैत्री नहुँदा सेवा लिन निकै समस्या उठाउनु परेको अपाङ्ग नवजीवन केन्द्र कोहलपुरका अध्यक्ष जङ्गबहादुर डाँगीले बताउनुभयो ।
उहाँले नगरपालिका र नगर भित्रका सरकारी भवन, बाटो, शौचालयलगायतका सार्वजनिक स्थल अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्ति कष्ट सहन बाध्य रहेको बताउनुभयो।
बाँकेमा अपाङ्गता भएका एक हजार हाराहारीले अपाङ्गतामैत्री भवन, शौचालय र संरचना नहुँदा यस्ता समस्या भोग्दै आएको अध्यक्ष डाँगीको भनाइ छ।सरकारी तथा गैरसरकारी कार्यालयमा जाँदा अपाङ्गतामैत्री शौचालय नहुँदा दिसा–पिसाब गर्नसमेत कठिनाइ हुने गरेको गुनासो दैनिक आउने उहाँले बताउनुभयो।
बाँके बैजनाथ गाउँपालिका–१ का शैलेन्द्र बुढा द्वन्द्वपीडित हुनुहुन्छ।उहाँ जनयुद्धको बेला घाइते भएर शारीरिक रूपमा अशक्त हुनुहुन्छ।उहाँले गाउँपालिकाको कार्यालय अपाङ्गमैत्री नहुँदा सेवा लिन निकै असहज हुने गरेको बताउनुभयो ।
अपाङ्गता भएकी कोहलपुरकी मिरा कार्कीले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गतामैत्री संरचना बनाउने निर्देशन दिए पनि कोहलपुरमा यस्ता संरचना बन्न नसकेको गुनासो गर्नुभयो।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कोहलपुरले अपाङ्गता भएका व्यक्तिसँग गरेको अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका अधिकांश व्यक्तिले स्थानीय सरकारले अपाङ्गताका समस्या बुझेर त्यस्ता संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके जिल्ला अध्यक्ष मधु खड्काले अन्तरक्रियामा सहभागी अधिकांशले अपाङ्गता भएका व्यक्तिका लागि नीति नियम बने पनि कागजमै सीमित भएको गुनासो गरेको बताउनुभयो।
उहाँका अनुसार सहभागी अधिकांशले आगामी दिनमा अपाङ्गतामैत्री, बालमैत्री र महिलामैत्री भवन तथा संरचना निर्माण गरिदिन जिल्लाका सबैसँग आग्रह गरेका थिए।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके