सूचनाको शक्ति - The Power Of Information

        

तनहुँ बस दुर्घटना : घाइते दुईजनाको मृत्यु

तनहुँमा भएको बस दुर्घटनामा घाइते भएका दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् ।

आज (बुधबार) बिहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा अनियन्त्रित भएर बस दुर्घटना भएको थियो ।

धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई खसेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १०:२५

लोकप्रिय