भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ ।
विगत १६ दिनदेखि दुई सय मिटरभित्र फसेका मजदुरलाई उद्धार गर्ने प्रयास असफल भएपछि भारतीय सैनिकले विशेष मेसिनबाट भत्किएको भागमा पाइप पठाएर उद्धार गरेको हो ।
सुरुङमा कार्यरत ४१ जना कामदारहरु नजिकैको पहिरोले खसेपछि फसेका थिए । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तराखण्ड सरकारले मजदुरको उद्धारमा प्रदेश र केन्द्र सरकारसहित सेना, विभिन्न संघसंस्था र विश्व ख्यातिप्राप्त सुरुङविज्ञको साथ रहेको जनाएको छ । अहिले उनीहरूको स्वास्थ्यको जाँच भइरहेको छ ।
इञ्जिनियरहरूले ५७ मिटर चट्टान र कंक्रिटबाट धातुको पाइप तेर्सो रूपमा पठाइरहेका बेला उक्त पाइप फलामका बिम र मेसिनहरुसँग ठोक्किंदा कामदारहरु थुनिएका थिए । उक्त स्थान पुग्न नौ मिटर बाँकी रहँदा बोरिङ मेसिन भाँचिएको थियो ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिदंै उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको प्रतिक्रिया दिनुभएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ