‘बुध’ ग्रहका लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेषगरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्छ ।
कुनै नयाँ काम थालनीका लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवान्को व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
यस दिन गरिने केही कर्मले जिन्दगीभरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, हामी पनि जानौं,
- हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिमाथि सबै देवी–देवताको कृपा हुने गर्छ ।
- बुधबार मुँगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
- बुधबार गणेश भगवान्लाई सिन्दूर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ ।
- जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
जन्मबारका आधारमा मानिसको स्वाभाव
बुधबार जन्मिएका व्यक्तिहरू शान्त, बिजनेस माइन्डका, सफा र स्वच्छ विचार, नयाँ–नयाँ कुरा जान्न उत्सुक, सन्तुष्ट स्वभाव, विश्वासिला, अरुको धोका नपचाउने, सकारात्मक सोच, हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने, साथै बुधबार जन्मिएका मानिसहरू प्रायस् शैक्षिक क्षेत्रमा लाग्छन् ।
भगवानलाई किन चढाइन्छ नरिवल ?
शुभकार्यअघि भगवान्को मूर्तिअघि नरिवल चढाइन्छ । यो प्रथाको पछाडि भयानक अर्को प्रथा लुकेको छ । परापूर्वककालमा मानिसको बलिदान गरिन्थ्यो ।
पूजाआजा गर्दा कुनै महत्त्वपूर्ण कार्यका अगाडि मानिसलाई नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाउँमा नरिवलले काम चलाउन थालियो ।
ग्रहअनुसार देव पूजन
- सूर्य देवलाई प्रसन्न गर्न भगवान् विष्णुको पूजा तथा हरिवंश पुराण कथा वाचन गर्नुपर्छ ।
- चन्द्र देवलाई प्रसन्न गर्न शिव उपासना गर्नुपर्छ ।
- मंगल देवलाई प्रसन्न गर्न हनुमानको पूजा उपसना गर्नुपर्छ ।
- बुध देवलाई प्रसन्न गर्न दुर्गा पूजा सप्तशती पाठ गर्नुपर्छ ।
- बृहस्पति देवलाई प्रसन्न गर्न ब्रह्माजीको पूजा गर्नुपर्छ तथा सन्तान प्राप्ति गर्नुपर्ने भएमा हरि पूजा गर्नुपर्छ ।
- शुक्र देवलाई प्रसन्न गर्न श्री लक्ष्मीको पूजा गर्नुपर्छ ।
- शनि देवलाई प्रसन्न गर्न भैरव भगवान्को पूजा गर्नुपर्छ ।
- राहु देवलाई प्रसन्न गर्न भैरव पूजा महामृत्युञ्जय मन्त्र जप गर्नुपर्छ ।
- केतु देवलाई प्रसन्न गर्न भगवान् गणेशको पूजा–आराधना गर्नुपर्छ ।
यदि हामीले उपयुक्त नियमलाई पालना गर्न सक्यौं भने आफ्नो ग्रह दोषलाई शान्ति गरी पुण्य फलको लाभ प्राप्त गर्न सक्छौं ।
सत्यपाटी