सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

चार प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुसँगै न्युन चापीय प्रणालीको प्रभाव परेको छ । यसकै प्रभावका कारण अस्तिदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम धुम्म छ ।

दिउँसो पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम सफा रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । तर,पहाडी क्षेत्रको मौसम भने आज पनि आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको उनले बताए ।

यस्तै, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनिले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा आज पनि हिमपातको सम्भावना छ ।

यस्तै, काठमाडौंमा आज हिजोभन्दा चिसो छ । काठमाडौंको न्यूनतम तापक्रम आज दुई डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज १० दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०८:२८

लोकप्रिय