सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीका एआइजीको २४ घण्टे धावाले हावा खाएपछि…

सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रकाश गौतमले काजमा बसेका कर्मचारी २४ घन्टाभित्र खेद्ने आदेशले हावा खाएको छ । प्रशासन विभाग प्रमुख हुनासाथ उनले काजका कर्मचारीमाथि २४ घण्टे लगाएर धावा बोले पनि कसैले पनि कार्यान्वयन नहुँदा एआइजी गौतम जोकरफाल्तु भएका छन् ।

ती कर्मचारीलाई सम्बन्धित दरबन्दीमा रवाना गर्न गत कात्तिक ३० गते ४८ घण्टाको समयसीमा तोकेर आदेश दिएका थिए । तर, ४८ घण्टे आदेश कार्यान्वयन नभएपछि पुनः मंसिर ४ गते कुनै बहाना नबनाइ सबै काजका कर्मचारी फिर्ता गर्न २४ घण्टे उर्दि जारी गरेका थिए । यति गर्दा पनि एआइजी गौतमको आदेशलाई प्रहरी मुख्यालयमा मात्र होइन देशभरकै कुुनै निकायले कार्यान्वयन गरेनन् ।

यो नगर्नुको कारण के हो भने सशस्त्र प्रहरीका विभिन्न युनिटमा सयौं कर्मचारीलाई आवश्यकताअनुसार काज खटाइएको छ । ती सबैलाई दरबन्दी पठाउँदा दैनिक कामकाजनै ठप्प हुने अवस्था आउने भएकाले कार्यान्वयन हुन नसकेको हलचोक श्रोतले जानकारी दिएको छ । ‘प्रशासन विभागमा आउने वित्तिकै आइजीपीलाई नै थाह नदिई उनले काज फिर्ताको आदेश दिएका थिए । तर, सयौँ कर्मचारीलाई आवश्यकताअनुसार काजमा खटाउने र पठाउने गरिएकाले त्यो कार्यान्वयन नहुने विषय थियो,’ स्रोतले भन्यो ।

अहिले त्यो आदेश पालना नहुने बुझेर गौतमले फेरि केही दिनअघि नरम हुँदै सकेसम्म सम्बन्धित दरबन्दीमा पठाउन भनेका छ्न् । जबकि सकेसम्म भनेको झन् पालना नगरे पनि भयो । यो आदेशले उनी झन् हलुुका हुन थालेका छन् । खासगरी अहिलेका प्रवक्ता एसएसपी राजेन्द्र खड्काको सल्लाहमा यस्तो काजको आदेश गर्दा उनी पंगु भएको स्रोतको दावी छ । एसएसपी खड्का र उनको पुरानो दोस्ती भएकाले आइजीपीका हरेक निर्णयको प्रतिकुुल हुुनगरी यस्तो काम गर्न थालेको स्रोतको दावी छ ।

अहिले एआइजी गौतमले आफू मात्र काम गर्न सक्षम भएको सन्देश दिन खोज्दा उल्टो असफल र हाँसोको पात्र बनेका छन् । त्यति मात्र होइन उनले सर्लाही बस्दा मातहत बेश बिओपीमा आउने मासिक रकम नदिएको मात्र होइन ती बेश बिओपीबाट उल्टो मासिक रकम उठाउने गरेकोसमेत बुझिएको छ । मासिक रकम नबुझाउने बेश बिओपीमा दुःख दिने मनसायले राती १२–१ बजे पुगेर कर्मचारी भेला गर्दै कति बिदामा छ भनेर टाउको गन्ती गर्ने गरेको श्रोतको दाबी छ ।

उनको यही हर्कत काठमाडाँैको बाहिनीमा बस्दासमेत रहेको थियो । जुनबेला उनी मध्यरात र बिहानै पिटी हाजिर लिन सिनामंगलको गण पुग्ने गरेका थिए । त्यसबेलाका गणपती एसपी विशेश्वर थापाले आफुले मासिक रकम नबुझाएपछि गौतमले दुःख दिएको बताउने गरेका थिए । त्यतिमात्र होइन करिब ४ वर्ष युएनमा खटिएका गौतमले संगठनलाई तिर्नुपर्ने पूरा लेबीसमेत नतिरेको आरोप छ ।

उनले त्यसबेला हलचोकको युएन शाखामा बसेर स्याट परीक्षाको प्रश्नपत्र आउट गराएका इन्सपेक्टर नवराजबिक्रम कुंवर र कल्याणका इन्सपेक्टर सुदन गिरीसंग सेटिङ मिलाएर १ वर्ष मात्र युएन बसेको कागजपत्र बनाएको आरोप छ । उनै गौतम अहिले सामाजिक संजालमा नैतिकता र आदर्शका कुरा गर्ने गरेको हल्चोक स्रोतको दावी छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १५:१९

लोकप्रिय