नेपालमा चुरोट तान्ने व्यक्तिहरूको सङ्ख्या घटेको छ । वर्ल्ड अफ स्टाटिक्स्ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० देखि २०२० बिचमा नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या ३४ दशमलव १ प्रतिशतले घटेको छ ।
तथ्याङ्कमा उल्लेख ४३ देशहरूमध्ये सबैभन्दा धेरै प्रतिशतले नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या घटेको जनाइएको छ । विश्वकै तथ्याङ्क हेर्ने हो भने ११ दशमलव १९ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको छ ।
छिमेकी भारतमा २७.३ र चीनमा १.१ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको बताइएको छ। चुरोट तान्नेहरूको सङ्ख्या घट्दै नघटेको देश इजिप्ट हो । जोर्डनमा ४.१ प्रतिशतले चुरोट तान्नेको सङ्ख्या बढेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं