सूचनाको शक्ति - The Power Of Information

        

बुस्टर डोजका लागि थप ३ लाख ७७ हजार मात्रा खोप आयो

कोरोना भाइरसको सङ्क्रमणविरुद्धको थप खोप आएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानेका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गएको मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।

कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ ।

सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार ०९:१५

लोकप्रिय