२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

नेपाल सुपर लिगमा आज चितवनले काठमाडौँ रेजर्सको सामना गर्ने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर १२ गते मंगलबार

नेपाल सुपर लिग (एनएसएल) मा आज एक खेल मात्र हुने भएको छ ।

दशरथ र्रगशालामा हुने खेलमा फुटबल क्लब चितवन र काठमाडौँ रेजर्स क्लबबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलाम फुटबल क्लबले झापा एएफसीलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो ।

खेलमा इलामले झापालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी अमाथ एनडाले गरेको एक गोल इलामका लागि निर्णायक गोल साबित भयो । उनले खेलको ८७औँ मिनेटमा गोल गरेका थिए ।

त्यसअघि खेलको ८२औँ मिनेटमा इलामले पेनाल्टी पाएको थियो । तर अमाथ पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए । तर अमाथको प्रहार पोस्टभन्दा  माथिबाट बाहिर गयो ।

दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार