नेपाल सुपर लिग (एनएसएल) मा आज एक खेल मात्र हुने भएको छ ।
दशरथ र्रगशालामा हुने खेलमा फुटबल क्लब चितवन र काठमाडौँ रेजर्स क्लबबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।
यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलाम फुटबल क्लबले झापा एएफसीलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो ।
खेलमा इलामले झापालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी अमाथ एनडाले गरेको एक गोल इलामका लागि निर्णायक गोल साबित भयो । उनले खेलको ८७औँ मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको ८२औँ मिनेटमा इलामले पेनाल्टी पाएको थियो । तर अमाथ पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए । तर अमाथको प्रहार पोस्टभन्दा माथिबाट बाहिर गयो ।
दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ