२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

पानीकाे बाेतलभित्र किरा भेटियो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर ११ गते सोमबार

सिल लगाएको पानीकाे बाेतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ ।

गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै महानगरले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीलाई एक लाख रुपैयाँ जरिबाना तिराएको हो ।

आज साेमवार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीबाट उत्पादित पानीको बोतलभित्र किरा भेटाएको थियो ।

महानगरले कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेला–बेला मेशिन पनि परीक्षण गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८० मंसिर ११ गते सोमबार