सूचनाको शक्ति - The Power Of Information

        

चरेस र अफिमसहित कोहलपुरबाट एक जना पक्राउ

ईलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित कोहलपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।

पलाता गाउँपालिका वडा नं. ३ कालिकोटका ४९ वर्षीय धन रोकायालाई शुक्रबार दिउँसो कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित पुरानो बसपार्क नजिकबाट ठूलो मात्रामा लागूऔषध चरेस र अफिमसहित पक्राउ गरिएको ईप्रका कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो।

पक्राउ परेका रोकायाको साथबाट ३ किलो २०० ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ र १ किलो ९०० ग्राम अफिम जस्तो देखिने कालो गिलो पदार्थ बरामद गरिएको उहाँले जानकारी दिनुभयो।

रोकायाको साथबट बोल्ट लेखिएको डिजिटल तौल मेसिन १ थान, पोको कम्पनीको निलो रङ्गको टच मोबाइल १ थान र नगद २५ हजार रुपियाँ पनि बरामद भएको कोहलपुर प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको संयुक्त प्रहरी टोलीले रोकाया पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ०७:२२

लोकप्रिय