नेपालगन्जमा ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
आइतबार बेलुका नेपालगन्जको धम्बोझी चोक नजिक ट्याङ्करको ठक्करबाट १७ वर्षीया एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्नुभएकी नेपालगन्ज उपमहानगरपालिका वडा १७ की १७ वर्षीया शालिनी पाठकको मृत्यु भएको सूचना अधिकारी डाँगीले बताउनुभयो ।
ट्याङ्करको ठक्करबाट घाइते हुनुभएकी पाठकलाई उपचारका लागि भेरी अस्पताल लगिएकोमा अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।
मोटरसाइकललाई ठक्कर दिने उक्त ट्याङ्कर र ट्याङ्करका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके