२०८२ कात्तिक २९ , शनिबार 15, November 2025, Saturday

ताप्लेजुङमा योगेश भट्टराई सवार गाडी तोडफोड

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० मंसिर १० गते आइतबार

नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।

आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई सवार गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए ।

ढुंगा लागेर भट्टराई सवार गाडीको अगाडिको सीसा फुटेको छ । भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । ढुंगा हान्नेहरुको खोजी भइरहेको डीएसपी लिम्बुले बताए ।

आइतबार दिउँसो भट्टराईको घरअगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए । प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।

सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो । यसअघि एमाले प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादी नेता इन्द्रबहादुर आङ्वो सवार सवारीमा पनि पहिचान पक्षधर कार्यकर्ताले आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार