नेपालगन्ज बजारबाट वन्यजन्तु जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १८ स्थित बस्तीबाट जङ्गली जनावर जरायोलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो ।
शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा जरायो पाइएको पार्धेले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ् टोलीलाई बोलाएर धेरै लामो प्रयासपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
करिब १५० किलोको भाले जातिको उक्त जरायो कसैले घरमा पालेको हुनसक्ने पार्धेले बताउनुभयो ।
प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार
सत्यपाटी