सूचनाको शक्ति - The Power Of Information

        

आज र भोलि सार्वजनिक बिदा

दार्चुलाका दुई स्थानीय तहले दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका हुन् ।

राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाममा लागेको जात्राको अवसरमा बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गर्दछ ।

कार्तिक शुक्ल पूर्णिमाको बिहान सम्मै धाममा पूजाआजा हुने भएकाले आज र भोलि दुई दिन बिदा दिइएको जनाएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा आज र भोलि बिदा रहेको जनाइएको छ ।

जिल्लाको महाकाली नगरपालिकाले बिदा दिएको छैन । महाकाली नगरपालिका भित्रका २ वटा सामुदायिक विद्यालयहरुले भने २ दिन सार्बजनिक बिदा दिएका छन् ।

श्री रास्ट्रीय माबी दत्तु र श्री मालिकार्जुन नमुना मावि धापले बिदा दिएको विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन्।  मालिकार्जुन धामको जात्रामा नेपालका मात्रै नभएर भारतका दर्शनार्थीसमेत पुग्ने गरेका छन् ।

मालिकार्जुन धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतवार ०९:३८

लोकप्रिय