सूचनाको शक्ति - The Power Of Information

        

प्रिमियर लिगमा आर्सनल शीर्षमा

ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन जर्मन खेलाडी काई हाभर्ट्जले ८९ औं मिनेटमा निर्णयक गोल गरे ।

गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेले । म्यान्चेस्टर सिटीका अर्लीङ ब्रट हाल्याण्डले पहिलो गोल गरेको खेलमा लिभरपुलका ट्रेन्ट अलेक्जेण्डर आर्नोल्डले बराबरी गोल फर्काए ।

शनिबार रातिको अर्को खेलमा चेल्सीलाई न्युकासल युनाइटेडले ४–१ ले हरायो । आफ्नै मैदानमा न्युकासल युनाइटेडलाई विजयी गराउन अलेक्जेडर इजाक, लासेलेस, जोएलिन्टन र गोर्डनले एक एक गोल गरे । चेल्सीका राहिम स्टर्लीङले एक गोल फर्काए ।

प्रिमियर लिगकै अन्य खेलहरुमा वेष्ट ह्याम युनाइटेडले बर्न्लेलाई २–१ ले हराउँदा ब्राइटनले नटिङ्घम फरेष्टलाई ३–२ ले, बर्नमाउथले शेफिल्ड युनाइटेडलाई ३–१ ले तथा लुटन टाउनले क्रिष्टल प्यालेसलाई २–१ ले हराएका छन् ।

गएरातिका खेलपछि अंक तालिकामा १३ खेलबाट ३० अंक जोडेको आर्सनल शिर्ष स्थानमा उक्लिएको छ । २९ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा २८ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतवार ०८:०६

लोकप्रिय