शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन् । मोटरसाइकलको किस्ता तिर्न नसकेको भन्दै ती व्यक्तिले लाइभ गरेर आत्महत्या प्रयास गरेका हुन् ।
मोरङस्थित एक अटो वर्कशपले मोटरसाइकलको किस्ता तिर्न बारम्बार टर्चर गरेको र आफूसँग किस्ता तिर्ने पैसा नभएको भन्दै श्रेष्ठ थर गरेका युवकले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
आफूले उक्त अटो वर्कशपलाई २८ हजार रुपैयाँ किस्ता तिर्न बाँकी रहँदा लगातार टर्चर आइरहेपछि आत्महत्याको निर्णयमा पुगेको उनले लाइभमार्फत बताएका थिए । यद्यपि ती व्यक्तिको उद्धार भइसकेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले फेला पारी उद्धार गरेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं