केही मानिसमा असामान्य रुपमा आँखा, अनुहार र नङ पहेलो देखिने गर्छ । यस्तो हुनुलाई जन्डिस (कमलपित्त) भनिन्छ । विशेषज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा यस प्रकारको स्वास्थ्य समस्या पैदा हुन्छ ।
हाम्रो कलेजोले राम्रोसँग काम नगर्दा रगतमा बिलुरुबिन नामको केमिकलको मात्रा बढ्छ । सामान्य अवस्थामा लिभरले यस रसायनलाई मल मुत्रको माध्यमबाट शरीरबाट बाहिर निकाल्छ ।
शरीरमा बिलुरुबिनको मात्रा बढ्दा मानिसका हात, अनुहार, नङ, आँखा र पिसाबको रंग पहेलो हुन पुग्छ । यसलाई सामान्य भाषामा जन्डिस भनिन्छ । दूषित खाना र पानीको सेवनबाट जन्डिसको जोखिम हुन्छ । धेरै चिल्लो र पिरो खाना खाँदा पनि यसको जोखिम हुन्छ ।
स्वास्थ्य विशेषज्ञका अनुसार केही यस्ता योगासन छन्, जसले जन्डिस जस्ता रोगलाई निको गर्न सक्छन् । जन्डिस भएको सुरुको एक हप्ता योग मुन्दाको अभ्यास गर्नुपर्छ । योग मुन्द्राको अभ्यास गर्नका लागि सबैभन्दा पहिले सान्त मुन्द्रामा बस्नुपर्छ । शरीरलाई सिधा राख्नुपर्छ ।
यसका साथै मस्तिका प्राणायाम आसन पनि जन्डिस रोगीका लागि लाभदायक हुन्छ । यो आसन गर्नका लागि सबै भन्दा पहिले ध्यानपूर्वक सान्त बस्नुपर्छ । शरीरलाई एकदमै सिधा राख्नुपर्छ । हातलाई ज्ञान मुन्दामा घुडामा राख्नुपर्छ । कुहिना र काँधलाई हल्ला पार्नुपर्छ ।
त्यसपछि बिस्तारै लामो–लामो स्वास लिने र छोड्ने गर्नुपर्छ । लामो स्वास लिने र छोड्ने काम ३०–३० पटक गर्नुपर्छ । कपालभाति प्राणायामले पनि जन्डिसको समस्याबाट छुट्कारा लदिन्छ । यो आसन गर्नका लागि सबैभन्दा पहिले सान्त मुन्द्रामा ध्यानमा बस्नुपर्छ ।
शरीरलाई एकदमै सिधा राख्नुपर्छ । त्यसपछि नाकका दुवै प्यावको माध्यमबाट गहिरो स्वास लिनुपर्छ । यो प्रक्रिया १० मिनेटसम्म गर्नुपर्छ । अनुलोम विलोमको सही अभ्यास गर्नाले अन्य प्राणयामबाट भन्दा बढी लाभ मिल्छ ।
सुखासन, अर्धपद्मासन, पद्यमासन वा सिद्धासनमा केही समय बस्ने । आरामपूर्वक बस्नुपर्छ । कम्मर, गर्दन र टाउकोलाई सोझो आसनमा राख्नुपर्छ । बायाँ हातलाई घुडामाथि ज्ञान मुद्रामा राख्ने । दायाँ हातको बुढी औंलाले एकतर्फको नाक बन्द गर्ने र अर्को नाकले मध्यम गतिमा सास लिने ।
अब अर्को नाकलाई खुला गरेर सोहीबाट धिमा गतिमा दुई गुणा समय लगाएर सास बाहिर निकाल्ने । यतिबेला अर्को नाकको भने बन्द गर्नुपर्छ । पुन यसरी नै बन्द गरिएको नाक खुला गर्ने । अर्को सास लिने र अर्को नाकले सास छाड्ने । यस प्रकारले कम्तीमा १० देखि १५ चक्र नियमित अभ्यास गर्ने । यसरी योग गर्दा जन्डिसबाट जोगिन सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं