निद्राको समयमा शरीरमा गह्रौँ वस्तुले थिचेजस्तो महसुस हुनुलाई साधारण बोलीचालीको भाषामा ऐँठन भनिन्छ । अर्थात् निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट वा छटपटीलाई ऐँठन भनिन्छ ।
विशेषगरी उत्तानो परेर सुतेको समयमा ऐँठन हुने गर्छ । ऐँठन भएको बेलामा कोही डरलाग्दो मान्छेले थिचे जस्तो, कसैले समाते जस्तो, छातीमा कोही बसे जस्तो हुन्छ त्यसको प्रतिकार गर्न खोज्दा हात खुट्टा नचल्ने र आवाज पनि नआउने हुन्छ ।
चिकित्सकीय भाषामा शरीरमा अक्सिजनको मात्रा कम हुँदा अनिद्रा, उत्तानो परेर सुत्ने बानी, नशालु पदार्थ खाएर सुत्दा ऐँठन हुने सम्भावना बढी हुन्छ । यस्तो समस्यालाई ‘स्लिपिङ प्यारालाइसिस’ भनिने चिकित्सकहरू बताउँछन् ।
यस्तो बेलामा निसास्सिने, पसिना आउने हुन्छ । यो समस्या समाधानका लागि मोबाइल चलाउने, चर्को गीत बजाएर सुत्ने वा निद्रालाई बाधा पुग्ने कामहरू गर्नुहुँदैन । सुत्ने र उठ्ने तालिका एकनास हुनुपर्छ । यसका साथै सुत्ने ओछ्यान पनि सहज हुनुपर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं