२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday
मौसम पूर्वानुमान

केही भागमा बदली, वर्षा र हिमपात

देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट बच्न सावधानी आवश्यक देखिएको छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० मंसिर १० गते आइतबार

आज देशका केही भू–भागमा बदली र वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भागमा हिमपातको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । केही भागमा वर्षा पनि हुन सक्नेछ ।

बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताउँदै मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ । देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट बच्न सावधानी आवश्यक देखिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार