ज्वरो आउनुलाई केही मानिसले सामान्य र केही मानिसले गम्भीर रूपमा लिने गर्छन् । यस्तो अवस्थामा दुवै प्रकारका मानिसले ध्यान दिनुपर्छ । केही मानिसले औषधि दिँदा गल्ती गरिरहेका हुन्छन् । जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा असरगर्छ । र, यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेगर्छ ।
यस्ता लापरबाहीले पटक–पटक ज्वरो आउने र सर्दी लाग्ने जोखिम पनि हुन्छ । गर्मी मौसममा मानिस एयरकन्डीशनमा सुत्ने गर्छन् । ज्वरो आइरहेको समयमा यस्तो गल्ती गर्नु हुँदैन । एयरकन्डीशनमा सुत्दा शरीरको तापक्रम घट्ने गर्छ । यसले नाक र घाटीमा असर गर्छ । लामो समयसम्म चिसो वातावरणमा सुत्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।
एयर कन्डिशनमा सुत्दा बिहानसम्म फेरी ज्वरो आउने जोखिम हुन्छ । ज्वरो आउँदा मानिसले सरसफाइमा ध्यान दिँदैनन् । यस्तो अवस्थामा पटक–पटक ज्वरो आउने सम्भावना हुन्छ । त्यसैले ज्वरो आउँदा आफ्नो बिस्तारा, ट्वाइलेट आदि सफा राख्नुपर्छ । धेरै मानिसले ज्वरो आउँदा नुहाउँदैनन् । ज्वरो आउँदा शरीरबाट पसिना निस्किन्छ ।
जसबाट खराव जीवाणु निस्किन्छन् । त्यसैले नुहाएर फ्रेस हुनुपर्छ । केही मानिसमा ज्वरो आउँदा हाछ्यु आउँछ । यस्तो अवस्थामा सफा रुमाल वा कुनै सफा कपडाले मुख छोप्नुको साटो मानिस हातले मुख छोप्ने गर्छन् । हाछ्यु आउँदा हातले मुख छोपेको खण्डमा त्यो हातले कुनै पनि चिजलाई छुनु हुँदैन ।
ज्वरो आउँदा खानपानमा ध्यान दिनुपर्छ । धेरै मानिसले कुनै पेटको समस्यासँग ज्वरोको सम्वन्ध छ भन्ने कुरामा ध्यान नै दिइरहेका हुँदैनन् । त्यसैले ज्वरो आएको समयमा तेलमा तारेका निकै पोषिला खानेकुरा कम खानुपर्छ । किनकि यस्ता खाने कुरा पचाउन धेरै शक्ति खर्च हुन्छ । त्यसैले हल्का खाने कुरा खानुपर्छ । जसलाई सहजै पचाउन सकियोस् । यसका साथै चिसा खानेकुरा त खानु नै हुँदैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं