बर्दियाको गुलरियास्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । गएराति गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी एक जना घाइते छन् ।
मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । राति साढे १० बजेतिर आगलागी भएको थियो ।
आगो राति नै नियन्त्रणमा आइसकेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने प्रयास भइरहेको छ । घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बर्दिया