सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० मंसिर ९ गते शनिवारको राशिफल

२०८० मंसिर ९ गते शनिवार, २५ नोभेम्बर २०२३ । कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि, १६ः४२ बजेपछि चतुर्दशी । अश्विनी नक्षत्र, १५ः०७ बजेपछि भरणी । चन्द्रराशि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन गर्न सकिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला । कामले खर्च बढाउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ । आंशिक फाइदा भए पनि लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा रकम बाहिरिन सक्छ । यात्राको साइत जुर्न सक्छ । टाढाका साथीभाइ नजिकिनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटले दिगो फाइदा उठाउन सकिनेछ । नाम, दाम र इनाम हातलागी हुनेछ । भविष्यका लागि काममा जग बसाउने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिन मनोरञ्जनपूर्ण रहनेछ । आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ । सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । व्यवसाय र अध्ययनमा भने समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । फजुल खर्च पनि बढ्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

हिम्मतले काम बनाउन सकिनेछ । यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ । नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ । मनग्य धनलाभ हुनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ०७:१७

लोकप्रिय