२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

धनगढी उडेको श्रीको जहाज बीचबाटोबाटै काठमाडौं फर्कियो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर ८ गते शुक्रबार

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको हो ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेसनमा समस्या देखिएपछि जहाज फर्काइएको जानकारी दिए ।

प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार