सरकारले मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईलाई निवासमै नजरबन्दमा राखेको छ । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राखिएको हो ।
अहिले उनको निवास वरपर प्रहरीले पहरा दिइरहेको छ । प्रसाईंका प्रेस संयोजक सज्जन पोखरेलका अनुसार निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आउजाउ गर्नेमाथि खोधपुछ भइरहेको छ ।
बिहीबारको प्रदर्शनपछि अनिश्चितकालिन प्रदर्शनको तयारी गर्दै प्रसाईले आज पनि तीनकुनेमा उपस्थित हुन समर्थकहरुलाई अनुरोध गरेपछि उनका समर्थकहरुद्धारा अराजक गतिविधि हुन सक्ने भन्दै सरकारले प्रसाईंलाई घरभित्र मात्रै बस्न पाउने गरी नजरबन्दको तयारी गरेको हो ।
बिहीबार बल्खुमा भएको प्रदर्शनका क्रममा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए । नेकपा एमाले निकट युवा संघ र पसाईंले एकै दिन माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने घोषणा गरेपछि दुई पक्षबीच मुठभेठ हुने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले उनीहरुलाई छुट्टाछुट्टै स्थान तोकिदिएको थियो ।
तर, कालिमाटीबाट कोटेश्वर आउँदै गरेको युवा संघको मोटरसाइकल र्यालीमा प्रसाईं समर्थकले ढुंगा हानेपछि तनावको स्थिती सिर्जना भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १५७ सेल अश्रुग्यास प्रहार गरेको थियो भने पानीको फोहरा समेत हानेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं