सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

सतर्कता अपनाउन अनुरोध

मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू-भागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेतसमेत गराएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ०७:२१

लोकप्रिय