काठमाडौंको बल्खु चोकमा इन्टरनेट बन्द र फोन नलाग्ने बनाइएको छ ।
सामाजिक सञ्जालमा ‘भाइरल म्यान’ दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गरिरहँदा जामर प्रयोग गरिएको हो ।
प्रहरीले प्रयोग गरेको फोनको नेटवर्क डिस्कनेक्ट गर्ने जामरको करिब १०० मिटर वरपर मोबाइल नेटवर्क चल्दैन ।
बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।
मध्यान्न कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ