सूचनाको शक्ति - The Power Of Information

        

नाम मिलेपछि कमेडियन हिमेश पन्तलाई फेसबुकमा गालीको ओइरो

एक घरेलु हिंसाको घटनामा नाम मिलेपछि कमेडियन एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तलाई सामाजिक सञ्जालमा गालीकाे ओइरो लागेको छ । नाम मिलेको भरमा दर्जनाैं गालीका मेसेज आएपछि उनले उक्त व्यक्ति आफू नभएको प्रष्ट पारेका छन् ।

“हिमेश नाम गरेको एक जना पत्रकारले श्रीमती कुटेको भन्ने भिडिओ क्लिप बाहिरिएको रहेछ,” उनले लेखेका छन्, “हिजोदेखि मेरो इनबक्समा गालीका मेसेजहरू आइरहेका छन् ।”

उनले स्टाटसमार्फत आफू अविवाहित रहेको र कुनै पनि घरेलु हिंसालाई समर्थन नगर्ने उल्लेख गरेका छन् । उनले आफूलाई इनबक्समा आएका गालीको स्क्रिनशट समेत फेसबुक स्टोरीमा शेयर गरेका छन् ।

यस विषयमा टेकपानासँग कुरा गर्दै पन्तले केही मानिसहरूमा धैर्यता गर्ने क्षमताकाे कमी हुँदा यस्ताे प्रतिक्रिया आएको उल्लेख गरे । “केही मान्छे बुझ्दै नबुझिकन एकदमै हतार गरेर रेस्पोन्स गर्नुहुन्छ । त्यसको असर अरूलाई पर्नसक्छ । ख्याल गर्नुपर्छ ।”

“सामाजिक सञ्जालमा जे कुरा आयो त्यसलाई विश्वास गरिहाल्ने प्रवृत्ति बढेको छ,” उनले अगाडि भने, “समाचार सबै पढ्दै नपढी टाइटल वा छाेटाे क्लिप हेरेर आफ्नो धारणा राख्ने बानी छ । त्यो एकदमै गलत हो ।”

कुनै पनि विषयमा गहन गरेर मात्र आफ्नो धारणा बनाउन उनले सामाजिक सञ्जाल प्रयाेगकर्तालाई आग्रह गरे ।​

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १६:२०

लोकप्रिय