सूचनाको शक्ति - The Power Of Information

        

इजरायल र हमास बन्धक रिहा गर्ने सहमति नजिक

हमासद्वारा बन्धक बनाइएकाहरुको रिहाइका लागि हमास र इजरायल सहमति नजिक पुगेका छन् ।

बन्धकको रिहाइका लागि इजरायलले चार दिनका लागि युद्धविराम गर्ने र हमासले ५० जना बन्धक रिहा गर्ने विषयमा इजरायलमा मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धक रिहाइका लागि हमाससंग सम्झौता गरेपनि युद्ध भने जारी रहने प्रतिक्रिया दिनुभएको छ ।

सम्झौता अनुसार हमासले रिहा गर्ने बन्धकमा महिला र बालबालिकाले प्राथमिकता पाउने भएका छन् ।

यसको बदलामा इजरायलले १ सय ५० प्यालेष्टेनी कैदीहरु रिहा गर्नुपर्ने शर्त हमासले अघि सारेको छ ।

यसबीच इजरायली सेनाले गाजापट्टीको उत्तरी क्षेत्रमा रहेको जबलिया शहरलाई चारैतिरबाट घेरा हालेको छ ।

गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा ५ हजार बढी बालबालिकासहित १४ हजार बढी मानिसको ज्यान गइसकेको छ ।

इजरायल र हमास बन्धक रिहा गर्ने सम्झौता नजिक

एजेन्सी । हमासद्वारा बन्धक बनाइएकाहरुको रिहाइका लागि हमास र इजरायल सहमति नजिक पुगेका छन् ।

बन्धकको रिहाइका लागि इजरायलले चार दिनका लागि युद्धविराम गर्ने र हमासले ५० जना बन्धक रिहा गर्ने विषयमा इजरायलमा मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धक रिहाइका लागि हमाससंग सम्झौता गरेपनि युद्ध भने जारी रहने प्रतिक्रिया दिनुभएको छ ।

सम्झौता अनुसार हमासले रिहा गर्ने बन्धकमा महिला र बालबालिकाले प्राथमिकता पाउने भएका छन् ।

यसको बदलामा इजरायलले १ सय ५० प्यालेष्टेनी कैदीहरु रिहा गर्नुपर्ने शर्त हमासले अघि सारेको छ ।

यसबैीच इजरायली सेनाले गाजापट्टीको उत्तरी क्षेत्रमा रहेको जबलिया शहरलाई चारैतिरबाट घेरा हालेको छ ।

गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा ५ हजार बढी बालबालिकासहित १४ हजार बढी मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ०८:१८

लोकप्रिय