२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर ५ गते मंगलबार

न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २  जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद स्रोतका अनुसार, कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् ।

रिक्त एक पदमा अझै सिफारिस भएको छैन ।

प्रकाशित मिति : २०८० मंसिर ५ गते मंगलबार