चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ ।
भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनको एक महिनाकी छोरी निरुताको चिसोले मृत्यु भएको हो ।
पुर्व वडाध्यक्ष कालीबहादुर वलिका अनुसार तीन दिन अघि बिरामी परेकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले ग्रस्त निरुताको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ जना दिर्घरोगी र वृद्धवृद्धाको मृत्यु भइसकेको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जाजरकोट