२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday

फिफा विश्वकप छनोट : आज नेपाल र यमन खेल्ने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर ५ गते मंगलबार

फिफा विश्वकप–२०२६ छनोट चरणको दोस्रो खेलमा आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ७ बजे सुरु हुनेछ ।

अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औँस्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा छ ।

विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् ।

नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । यस्तै, बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ ।

यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो ।

आजको खेलका लागि एन्फाले साधारण प्यारापिटतर्फको ४ सय र भीआईपी प्यारापिटतर्फको १ हजार रुपैयाँ टिकट दर कायम गरिएको जनाएको छ । 

प्रकाशित मिति : २०८० मंसिर ५ गते मंगलबार