सूचनाको शक्ति - The Power Of Information

        

दक्षिण कोरियाको अस्पतालमा आगलागी

दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा बिहानीको समयमा आगलागी हुँदा अस्पतालका कर्मचारी र बिरामी सहित ३८ जना घाइते भएका हुन् ।

आगलागीमा निसासिएका बिरामीहरू र उद्धारकर्मी सहित ९० जनभन्दा बढीलाई श्वासप्रश्वासमा कठिनाइ भएका कारण अन्य अस्पतालमा सारिएको छ ।

विद्युत चुहावट भइ लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगालागीका कारण अस्पताल भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतवार ०७:२९

लोकप्रिय