२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २ गते शनिबार

हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।

हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो।

नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्। त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्।

ओपनर  पुजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्। बलिङतर्फ जापानकी एलिना कुसुदा क्वीनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।

लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।

प्रकाशित मिति : २०८० मंसिर २ गते शनिबार