जिल्लामा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कालिमाटी गाउँपालिका-२ झिगानेस्थित नारायण ओलीको घरबाट बिहीबार राति ती जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २३ देखि ४६ वर्ष उमेर समूहका रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए । उनका अनुसार १३ जना जुवाडेबाट १ लाख ३५ हजार १ सय नगद र दुई गड्डी तास बरामद भएको छ ।
पक्राउ पर्नेमा कोही शिक्षक, वडा सदस्य, प्राविधिक, स्वास्थ्यकर्मी र स्थानीय रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । सबैको जिल्ला अदालतबाट म्याद थप गरिएको उनको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सल्यान